निर्वाचन आयोगका पदाधिकारी प्रधानमन्त्रीलाई भेट्दै, मंसिर २ मा चुनाव गर्ने तयारी

निर्वाचन आयोगका पदाधिकारी प्रधानमन्त्रीलाई भेट्दै, मंसिर २ मा चुनाव गर्ने तयारी

काठमाडौं- निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार भेट्ने भएका छन्।

आगामी प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको मितिलगायतका विषयमा छलफल गर्न आयोगका पदाधिकारी प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बुधबार प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूसँग भोलि भेट्ने कार्यक्रम छ, भोलिका लागि हामीले समय मागेका छौं,’ आयोमेलसँग थपलियाले भने,‘समय तय भएपछि भोलि भेटेर निर्वाचनको मितिबारे छलफल हुन्छ।’

प्रतिनिधिसभा र प्रदेससभा निर्वाचन कात्तिक ३०, मंसिर २ र ५ मा सम्पन्न गर्ने गरी प्रस्ताव गर्ने आयोगको तयारी रहेको उनले बताए।

‘कात्तिक ३०, मंसिर २ वा ५ मा एकै चरणमा सम्पन्न हुने गरी निर्वाचनको मिति प्रस्ताव गर्ने हाम्रो तयारी छ,’ उनले भने,‘भोलि प्रधानमन्त्रीज्यूसँग छलफल भएर मिति तय हुन्छ।’

निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले चुनावको मिति तोक्ने कानुनी व्यवस्था छ।

 


Leave a Reply

Your email address will not be published.