अर्थमन्त्री शर्माले राजीनामा दिने!

अर्थमन्त्री शर्माले राजीनामा दिने!

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने भएका छन्।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै विवादमा मुछिएपछि शर्माले राजीनामा दिने भएका हुन्।

बुधबार बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिन लागेको स्रोतले जनाएको छ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेको छैन।

अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा आफ्ना भनाइ राखेर राजीनामा दिने तयारी गरेकाले बैठक बस्न ढिलो भएको बताइएको छ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिलाएर करको दर हेरफेर गर्न लगाएको अर्थमन्त्री शर्मामाथि आरोप छ।

यसैलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदमा लगातार अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आइरहेको छ।

बजेट घोषणाको अघिल्लो दिन रातिको मन्त्रालयको सिसिटिभी फुटेज मेटिएको सूचना सार्वजनिक भएपछि अर्थमन्त्री शर्माको थप आलोचना भएको छ।

 


Leave a Reply

Your email address will not be published.