अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ।

प्रतिनिधिसभा भवनमा शीर्ष नेताहरूबीच भएको छलफलमा शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति जुटेको हो।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ११ सदस्यीय समिति बनाउने टुंगो लागेको हो।

भट्टराईले ११ सदस्यीय समिति बनाउन टुंगो लागे पनि नेतृत्वको टुंगो भएको छैन। नेतृत्वका लागि एमालेले आफ्नो दाबी पेश गरेको छ।

११ सदस्यीय समितिमा एमालेबाट ४, कांग्रेसबाट २, माओवादी केन्द्रबाट २, एकीकृत समाजवादीबाट १, जसपाबाट १ र लोसपाबाट १ जना रहने सहमति भएको बताइएको छ।

संसदीय समिति बनाउने सहमति भए पनि एमाले भने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने आफ्नो अडानलाई कायम राखेको छ।

‘नैतिक हिसाबले अर्थमन्त्री पदमा एकछिन पनि पदमा बस्न मिल्दैन। तत्काल बर्खास्त गरेर संसदीय छानबिन समितिको गठन हाम्रो बटमलाइन हो,’ भट्टराईले भने।

बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले अर्थमन्त्री शर्मालाई बर्खास्त गरेर संसदीय समितिले छानबिन गर्नुपर्ने माग राखेको छ।

 


Leave a Reply

Your email address will not be published.