आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

काठमाडौं- सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुस्लिम धर्मावलम्बीहरूको बकर ईद (ईद उल अजाहा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र मुस्लिम आयोगको अनुरोधअनुसार असार २६ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

 


Leave a Reply

Your email address will not be published.