अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बन्यो संसदीय विशेष समिति

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बन्यो संसदीय विशेष समिति

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको हो।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ११ सदस्यीय विशेष गठन भएकोबारे जानकारी गराए।

‘जेठ १५ गते माननीय अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक विधेयकमा करका दरहरू हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको र सो को विषयलाई लिएर माननीय सदस्यहरूबाट समेत सदनमा कुरा उठाइएको सन्दर्भमा सत्य तथ्य छानबिन गर्न एक संसदीय विशेष समिति गठन गर्ने बाञ्छिनीय हुने भएकोले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिन संसदीय छानबिन विशेष समिति गठन गर्न प्रस्ताव गर्छु,’ सापकोटाले भने।

संसदीय विशेष समितिमा सांसदहरू खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन्।

सभापतिको चयन आफैंले चयन गरी कार्यविधि तयार पार्ने अधिकार रहेको विशेष समितिलाई १० दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ।

 

 


Leave a Reply

Your email address will not be published.