बूढीगंगा नगरपालिकामा मतदान हुँदै

बूढीगंगा नगरपालिकामा मतदान हुँदै

काठमाडौं- बाजुराको बूढीगंगा नगरपालिकामा बिहीबार मतदान हुँदैछ। विवादका कारण स्थगित भएको निर्वाचनका लागि मतदान भैरहेको छ।

दुई पक्षबीच विवाद हुँदा वैशाख ३० गते त्यहाँ निर्वाचन स्थगित भएको थियो।

१२ हजार ६५९ मतदाता रहेको बूढीगंगा नगरपालिकामा १० वटा बुथको १९ मतदान केन्द्रमा मतदान भैरहेको छ।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले शान्तिपूर्णरूमा निर्वाचन सम्पन्न गर्न आवश्यक्ताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको बताए।

निर्वाचन सम्पन्न गराउन ९५ कर्मचारी खटिएका छन्।

मतदानलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन मुख्य निर्वाचन अधिकृत घिमिरेको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो। कांग्रेस, एमालेलगायतका दलका नेताहरूले स्वच्छ र निष्पक्षरूपमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्।

विगतका तिक्तता त्यागेर स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन दलका नेताले लिखित सहमति गरेको घिमिरेले जानकारी दिए।

वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यहाँ मतदान स्थगित भएको थियो।

 


Leave a Reply

Your email address will not be published.