माओवादी बैठक : टुंगिएला पदाधिकारी?

माओवादी बैठक : टुंगिएला पदाधिकारी?

काठमाडौं- नेकपा (माओदी केन्द्र) को केन्द्रीय कमिटी बैठक बस्दैछ। लगातार दुई दिन स्थगित भएको बैठक आज बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो।

मंगलबार पदाधिकारी टुंग्याउने गृहकार्यका लागि र बुधबार बजेट विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन समिति बनाइने भएपछि बैठक स्थगित भएको थियो।

बिहीबारको बैठकमा पार्टी पदाधिकारी, स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्य घोषणा गर्ने तयारी छ।

केन्द्रीय कमिटी स्थगित गरेर दुई दिन बसेको पूर्वस्थायी कमिटी सदस्य र इञ्चार्जको बैठकले पदाधिकारी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको थियो।

केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो सदस्य घोषणा गर्ने तयारी छ।

पार्टी पदाधिकारीका अरू पदका लागि सहमति जुटे पनि महासचिवमा रस्साकस्सी देखिएको छ। महासचिवका लागि जनार्दन शर्मा र वर्षमान पुन प्रमुख दाबेदारका रूपमा देखिएका छन्।

शर्मा र पुनबीच सहमति जुट्न नसके अध्यक्ष प्रचण्ड तेस्रो विकल्पतिर जाने सम्भावना रहेको माओवादी नेताहरूको भनाइ छ।

नेताहरूका अनुसार महासचिवका लागि तेस्रो विकल्पका रूपमा देव गुरुङ, हरिबोल गजुरेललगायतका नेतामध्ये कोही एकजना हुनसक्ने छन्।


Leave a Reply

Your email address will not be published.