भारतको १५ औं राष्ट्रपति बनिन् द्रौपदी मुर्मू

भारतको १५ औं राष्ट्रपति बनिन् द्रौपदी मुर्मू

काठमाडौं–द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपति निर्वाचित भएकी छन्। भारतीय जनता पार्टी (भाजपा) गठबन्धनकी उम्मेदवार मुर्मु विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई फराकिलाे अन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुन सफल भएकी हुन्।

मतगणना भएको तीन राउण्डमा कूल ३२१९ मत (कूल मतभार ८ लाख ३८ हजार ८२९) रहेकोमा मुर्मूलाई २१६१ अर्थात् ५ लाख ७७ हजार ७७७ मत पाएकी थिइन् भने यशवन्त सिन्हाले १०५८ मत (मतभार २ लाख ६१ हजार ६२ ) पाएका थिए।

जित सुनिश्चित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी मुर्मूलाई भेट्न उनको निवास पुगेका थिए।


Leave a Reply

Your email address will not be published.