प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि साढे ६ बजेसम्म मतदान

प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि साढे ६ बजेसम्म मतदान

हेटौंडा–नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ। निर्वाचन अधिकृत प्रवीण हुमागाइँका अनुसार शनिबार अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ। ७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता एक हजार ६७९ रहेको निर्वाचन अधिकृत हुमागाइँले जानकारी दिए।

अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। बिहान ११ बजे मतदान सुरु गर्ने भनिए पनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बताए। मतदान आज साँझ साढे ६ बजेसम्म जारी रहनेछ।


Leave a Reply

Your email address will not be published.