थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि, ८६ निकाे भए

थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि, ८६ निकाे भए

काठमाडौं-पछिल्लो २४ घण्टामा ३३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ८८ पीसीआर र १ हजार ९०८ जनाको एन्टीजेन परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण पुष्टि भएको हाे।

याे अवधिमा ८६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ३९४ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ९७१ जना सक्रिय संक्रमित छन्।


Leave a Reply

Your email address will not be published.