साउदी अरबको महत्वाकांक्षी परियोजना : ७५ माइल लामो गगनचुम्बी भवन बनाउने, ५० लाख मानिस बस्ने

साउदी अरबको महत्वाकांक्षी परियोजना : ७५ माइल लामो गगनचुम्बी भवन बनाउने, ५० लाख मानिस बस्ने

काठमाडौं–साउदी अरबले १ खर्ब डलरको लगानीमा ७५ माइल लामो गगनचुम्बी भवन बनाउने घोषणा गरेको छ। उक्त भवनलाई ‘मिरर लाइन’ नाम दिइएको छ।

साउदी अरबको मरुभूमिमा ऐनाका शिशाबाट बनाइने उक्त भवन एम्पायर स्टेट भवनभन्दा अग्लो हुने बताइएको छ।

‘मिरर लाइन’ सन् २०२१ को जनवरीमा साउदी राजकुमार मोहम्मद विन सलमानले घोषणा गरेको मरुभूमिको सहर ‘नियोम’ कै एक भाग हुने बताइएको छ। नियोम अमेरिकाको म्यासाचुसेट्सजत्रै हुनेछ। यसका साथै यसले पहाड, मरुभूमि र सामुद्रिक तटलाई समेट्नेछ।

साउदी राजकुमारले आफ्नो मुलुकमा इजिप्टको पिरामिडजस्तै आइकोनिक बनाउने इच्छा रहेको बताएका थिए।

मिरर लाइन मरुभूमिको दुईतर्फ १६०० फिट अग्ला उस्तै भवन बन्नेछन्। यसका मुनि हाइस्पीड रेल चल्नेछन् भने निर्माण समाप्त भएपछि यो ५० लाख मानिस बस्ने क्षमताको हुनेछ। यो भवनमा नवीकरणीय ऊर्जा प्रयोग हुनेछ।

साउदी अरबको योजना सन् २०३० मा पूरा हुने अनुमान गरिएकोछ ।


Leave a Reply

Your email address will not be published.