सल्लाघारी दुर्घटना : घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सांसदहरुको माग

सल्लाघारी दुर्घटना : घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौं–प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा रुख ढलेर भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।

उक्त दुर्घटनामा अन्य १२ जना घाइते भएको जनाइएको छ। अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उनले पुराना बस हटाउन पनि अनुरोध गरे।


Leave a Reply

Your email address will not be published.