चन्द्रागिरि नगरपालिकाको कर आइएमई पेबाट तिर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर आइएमई पेबाट तिर्न सकिने

काठमाडौं-

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ।

नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेसँगै सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी सोही एपमार्फत वा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर र व्यावसायिक कर तिर्न सक्ने आइएमईले जनाएको छ।

नगरपालिकाले विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको सेवाले सेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलोमात्र नभई संशाधन बचत हुने र नगरपालिका र वडामा चाप कम हुने बताए।


Leave a Reply

Your email address will not be published.