किताबसँग ज्यान साटेका एक लेखक

किताबसँग ज्यान साटेका एक लेखक

नेपाल अनि भारतमात्रै होइन, संसारभरि धेरै पढिने एउटा साहित्यिक नाम हो सलमान रुस्दी।

अंग्रेजको उपनिवेश रहँदै भारतको बम्बे(हाल मुम्बइ) मा जन्मिएका उनी १४ वर्षको उमेरमै बेलायत पढ्न गएका थिए।

उनको पूरा नाम अहमद सलमान रुश्दी हो। उनको जन्म १९ जून १९४७ मा भारतको बम्बै सहरमा एक धनाढ्य कश्मिरी परिवारमा भएको थियो। १३ बर्षको हुँदा उनलाई बेलायतको प्रतिष्ठित रग्बी स्कूल पढ्न पठाईयो।

सन् १९६८ मा किंग्स कलेज हुँदै क्याम्ब्रिज विश्वविद्यालय इतिहास विषयमा मास्टर डिग्री लिएपछि उनी बेलायतमै बसे।

आफ्नो पूर्खाको मुस्लिम धर्मका सबै संस्कारहरू पनि छोड्दै गए।

केही समय उनी फिल्ममा ‘हिरो’ पनि भए। विज्ञापनहरूमा काम गरे। र एकाएक चर्चित ‘लेखक’ बनेर सारा संसारभरि छाए।

तर विवाद अनि चर्चासँगै उनका हरेक पुस्तकहरू सफल भए।

बेलायती महारानीबाट साहित्यिक सेवामा योगदान पुर्‌याएको सम्मान स्वरूप सन् २००७मा महारानीको जन्मोत्सवका असरमा उनलाई ‘नाइट उपाधि’ पनि दिइएको थियो।

अहिले उनी अमेरिकामा बस्छन्।

पुस्तककै कारण मृत्युदण्डसम्मको सजाय

अमेरिकाको न्यूयोर्क सहरमा आयोजना भइरहेको एउटा साहित्यिक कार्यक्रममा बोलिरहँदा रुस्दीमाथि शुक्रबार अचानक चक्कु प्रहार भयो। त्यो चक्कु प्रहारबाट उनी गम्भिर घाइते छन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

अहिलेसम्म उनलाई १५ औंपटक चक्कु प्रहार गराउने उनले लेखेको पुस्तक हो- द सेटनिक भर्सेस। यही कितावका कारण उनले ३० वर्षदेखि ज्यान जोखिममा राखेर जीवन बाँचिरहेका छन्। र, पटकपटक मृत्युलाई जितेर बाँचेका छन्।

१९८१मा ‘मिडनाइट चिल्ड्रेन’बाट उनको प्रसिद्धि निकै बढेको थियो। यसलाई भारतीय समालोचकहरूले आधुनिक भारतीय इतिहासको एउटा दारुण ‘चित्र’का रूपमा अर्थ्याएका थिए।

बेलायतमा मात्रै यो पुस्तक दश लाख भन्दा धेरै प्रति बिक्री भएको थियो।

१९८८मा उनले लेखेको चौथो किताव सेटनिक भर्सेज उनी आफ्नै लागि ज्यानको खतरा बन्यो। जसका कारण उनले ३० वर्षदेखि ज्यान मारिने धम्की खेप्दै बाँच्नुपरेको छ।

विश्वभरका मुस्लिम समुदाय र राष्ट्रहरूले पुस्तक बहिष्कार र प्रदर्शनहरु गरेका थिए। विश्वभरि प्रदर्शनका क्रममा करिब ५९ जना मानिस मारिएका थिए।

सन् १९८८मा प्रकाशित यो पुस्तक ईरानले प्रतिवन्ध लगाएको थियो। त्यसअघि भारतले नै उनको पुस्तकमाथि प्रतिबन्ध लगाइसकेको थियो। त्यसपछि पाकिस्तान र अन्य मुस्लिम देशहरू तथा दक्षिण अफ्रिकाले प्रतिबन्ध लगाए।

उनको यो पुस्तकको विरोधमा उनिमाथि शुक्रबार हादी मटर नाम गरेका २४ बर्षीय युवकले चक्कु हाने।

उनी ईरानी शासक तथा इस्लामिक रिभोस्लनरी गार्ड समर्थक हुन्। रुस्दीमाथि १५ पटक चक्कु प्रहार भइसकेको छ।

१९८९ ताका ईरानमा रुस्दीका विरुद्ध फतवा जारी गर्दै मृत्युदण्ड हुनुपर्ने सजाय सुनाईएको थियो।

तर लेखक रुस्दीले त्यसको विरोधमा ‘जोसेफ एन्टोन’ प्रकाशित गरेका थिए। उनको यो किताबमा पैगम्बर मोहम्मद र कुरानलाई अपमान गरिएको आरोप छ।

ईरानमा दिवंगत अयातुल्ला खुमैनीले रुस्दीको मृत्यु हुनुपर्ने आह्वान समेत गरेका थिए।

उनको पहिलो उपन्यास ग्रामस (१९७५) हो। दोश्रो उपन्यास आधि रात के बच्चे (१९८०) मा प्रकाशित भएको थियो। बालबालिकालाई लक्षित दुई पुस्तक सहित उनका ११ वटा उपन्यास प्रकाशित छन्। समालोचक हेरोल्ड ब्लूमले ‘द सेटनिक भर्सेज’ लाई ‘रुस्दीको सबैभन्दा उत्कृष्ट सौन्दर्य उपलब्धी’ भनेर लेखेका छन्।

यी ब्रिटिश साहित्यकारका धेरै पुस्तकहरू सफल थिए।

उनको दोस्रो पुस्तक ‘मिडनाइट्स चिल्ड्रेन’का लागि उनले सन् १९८१ मा द बुकर पुरस्कार पाएका थिए।

उनको सन् १९८८ मा प्रकाशित चौथो उपन्यास ‘द सेटनिक भर्सेस’ उनको सबभन्दा विवादास्पद कृति बन्न पुग्यो जसले अन्तर्राष्ट्रिय रूपमा विवाद र आक्रोश पोखियो। रुस्दीमाथि ज्यान मार्ने धम्कीका कारण उनी लुकेर बस्न बाध्य भए र ब्रिटिश सरकारले उनलाई प्रहरी सुरक्षा घेराभित्र राख्न थाल्यो।

पुस्तकमाथिको विवाद बढ्दै जाँदा बेलायत र इरानबीचको कूटनीतिक सम्बन्ध टुट्यो।

तर सधैभरि पश्चिमा विश्वका लेखकहरू र बौद्धिक वर्गले पुस्तकमाथि मुस्लिम प्रतिक्रिया र अभिव्यक्ति स्वतन्त्रता माथिको खतराको विरोध गरिरहे।

खासमा सलमानले यो पुस्तकमा पात्रका रूपमा उभ्याएका दुई महिला यौनकर्मीहरुलाई पैगम्बर मोहम्मदको दुई जना श्रीमतीका रूपमा चित्रित गरिएको छ।

पुस्तकको नाम मोहम्मदले कुरानमा राक्षसबाट प्रभावित भएको ठानेर हटाएका दुई सन्दर्भ (भर्सेस)सँग जोडिएको छ।

सन् १९८९ को ज्यानुअरीमा ब्राडफर्डमा मुस्लिमहरूले पुस्तकको एउटा प्रति जलाएका थिए। जसपछि न्यूजएजेन्ट्स डब्ल्यूएचस्मिथले उक्त पुस्तक त्यहाँ प्रदर्शनमा राख्न छाड्यो। रुस्दीले ईशनिन्दाका अभियोगहरूलाई अस्वीकार गरेका छन्।

फेब्रुअरीमा उपमहाद्वीपभर भएका रुस्दीविरोधी दङ्गामा मानिसहरूको मृत्यु भयो।

तेहरानस्थित ब्रिटिश राजदूतावासमा ढुङ्गा प्रहार गरियो र लेखकको टाउकोको मूल्य ३० लाख अमेरिकी डलर तोकियो।

त्यसैबीच यूकेमा केही मुस्लिम नेताहरूले त्यसलाई परिमार्जन गर्न आग्रह गरे भने अन्यले आयतोल्लाहलाई समर्थन गरे।

अमेरिका, फ्रान्स र अन्य पश्चिमा देशहरूले उनलाई दिइएको मृत्युको धम्कीको निन्दा गरे। आफ्नी श्रीमतीसाथ लुकेर बसेका रुस्दीले त्यसबेलासम्म मुस्लिमहरूलाई पुर्‍याएको चोटका लागि भन्दै गहिरो क्षमायाचना गरे।

तर आयतोल्लाहले लेखकको हत्याको आह्वानलाई जारी राखे।

द सेटनिक भर्सेसका जापानी अनुवादक युनिभर्सिटी नर्थ इस्ट अफ टोकियोमा सन् १९९१ को जुलाईमा मृत फेला परेका थिए।

प्रहरीका अनुसार तुलनात्मक संस्कृतिका एकजना सहायक प्राध्यापकका रूपमा काम गर्ने अनुवादक हितोसी इगारसीलाई कैयौँ पटक छुरा प्रहार गरेर टिसुकाबा युनिभर्सिटीको बाहिरपट्टि छाडिएको थियो। त्यस महिनाको सुरुमा इटलीका अनुवादक इटोरे क्रपिओलोलाई समेत मिलानस्थित आफ्नै अपार्टमेन्टमा छुरा गरिएको थियो तर उनी बाँच्न सफल भए।

रुस्दी विरुद्धको मृत्युदण्ड आदेशलाई सन् १९९८ मा इरानको सरकारले औपचारिक रूपमा अगाडि बढाउन छोड्यो। तर औपचारिक रूपमा फतवा फिर्ता भने अहिलेसम्म पनि गरिएको छैन।

रुस्दीका पछिल्ला पुस्तकमा बाल उपन्यास पनि छन्: हरुन एन्ड द सी अफ स्टोरीज (१९९०), निबन्धहरू, द मूअर्स लास्ट साइ (१९९५), द ग्राउन्ड बिनिथ हर फिट (१९९९) र फ्यूरी (२००१)। उनी ‘मिडनाइट्स चिल्ड्रेन’को रङ्गमञ्चीय प्रस्तुति (प्रिमिअर लन्डन २००३) मा आफै संलग्न थिए।

बिबिसीकाे सहयाेगमा


Leave a Reply

Your email address will not be published.