दुईजनाको मृत्यु, थप २६३ जना संक्रमित
देशभरि थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो बीचमा दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चौबिस घण्टामा ३१६५ जनाको नुमना परीक्षण भएको थियो।
मन्त्रालयका अनुसार ५०१ जना निको भएको छन् भने ५४३४ जना सक्रिय संक्रमित छन्।