नागरिकता विधेयक प्रमाणीकरण गरिदिन् राष्ट्रपतिलाई निधिको आग्रह

नागरिकता विधेयक प्रमाणीकरण गरिदिन् राष्ट्रपतिलाई निधिको आग्रह

काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

विधेयक प्रमाणीकरण गर्ने अन्तिम दिन मंगलबार साँझसम्म पनि राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि निधिले यस्तो आग्रह गरेका हुन्।

‘संसदले दोहोर्‍याएर पारित गरी पठाएको नागरिकता विधेयक सम्मानीय राष्ट्रपतिज्यूलाई प्रमाणित गरी दिनहुन हार्दिक अनुरोध गर्दछु,’ निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

देशको दीर्घकालीन सुरक्षा एवं नागरिक अधिकारको सम्मानका लागि राष्ट्रपतिले विधेयक प्रमाणीत गर्नुपर्ने उनको भनाइ छ।

‘देशको दीर्घकालीन सुरक्षा, हित, मानव एवं नागरिक अधिकारको सम्मानका साथै राष्ट्रपतिबाट यही नै संविधानसम्मत कार्य सम्पादन हुनेछ,’ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका निधिले भनेका छन्।

संसदको दुवै सदनले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि २० भदौमा राष्ट्रपति कार्यालय शीतल निवासमा दर्ता भएको थियो।

दोस्रोपटक पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

दर्ता भएको १५ औं दिन मंगलबार पुगे पनि राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरेकी छैनन्।

 


Leave a Reply

Your email address will not be published.