राष्ट्रपतिबाट प्रणाली खतरामा पार्ने काम भयो : रामचन्द्र पौडेल

राष्ट्रपतिबाट प्रणाली खतरामा पार्ने काम भयो : रामचन्द्र पौडेल

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणालीलाई खतरामा पार्ने काम भएको टिप्पणी गरेका छन्।

संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रणालीलाई खतरामा धकेल्ने काम गरेको पौडेलले बताएका हुन्।

‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्ताविक विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले संविधानको मर्ममाथि चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार रहेको जिकिर गरेका छन्।

पौडेलले भनेका छन्,‘बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्थामाथिको प्रहार हो। म यसको भत्र्सना गर्दछु।’

 


Leave a Reply

Your email address will not be published.