मुस्लिमबाट हिन्दु बनेको एक परिवारको कथा

मुस्लिमबाट हिन्दु बनेको एक परिवारको कथा

काठमाडौं- चार वर्षको एक अवोध बालिकालाई धर्मका बारेमा के नै थाहा हुन्छ। यदी जोया नामले बोलाइए पनि उसलाई सायदै थाहा हुन्छ कि उसको आमाबाबु मुस्लिम हो भनेर।

मुस्लिम भएकै कारण आफ्नो नाम जोया राखिएको हो उसलाई थाहा हुँदैन।

बच्चाको धर्म के हुने यसको फैसला उनीहरूको चाहनाअनुसार हुँदैन। दुनियाँभरमा आमाबाबुबाटै सन्तानको धर्म तय हुने गरेको छ।

आमाबाबुले धर्म परिवर्तन गर्दा त्यही धर्म अपनाउने दबाब सन्तामाथि हुन्छ।

भारतको उत्तर प्रदेसको बागपत जिल्लास्थित बदरखाँ गाउँमा चार वर्षीया बालिकाले आफ्नो नाम जोया बतायो।

छेउमै बसिरहेको उसको दिदीले ‘तिम्रो नाम गुडिया हो’ भनिन्।

त्यसपछि उसले आफ्नो नाम गुडिया रहेको बताइन्।

त्यही क्रममा जोयाका दाइलाई छिमेकका बालबालिकाहरू अनस भनेर बोलाउँछन्।

अनसका बाबु दिलसाद ती बालबालिकाहरूलाई गाली गर्दै भन्छन्,‘यसको स्कुलको नाम अमर सिंह हो। त्यही नामले उसलाई बोलाऊ।’

हिन्दु बन्ने उद्देश्य

दिलसादका परिवारको कुल १३ सदस्य २०१८ मा धर्म परिवर्तन गरेर मुस्लिमबाट हिन्दु बनेका थिए। त्यसमा तीन भाइ नौसाद, दिलसाद र इरसादका साथै उनीहरूका श्रीमती र सन्तानहरू सामेल छन्।

यसका साथै उनीहरूका बाबु अख्तर अली पनि आफ्नी श्रीमतीसँगै हिन्दु बनेका थिए।

कठिन समयमा मुस्लिमहरूले साथ नदिएपछि इस्लाम छाड्ने निर्णयमा पुगेको उनीहरूको भनाइ छ। यो परिवार हिन्दु बन्दा जोया केबल ६ महिनाकी थिइन्।

यो पूरा परिवार मजदुरी गरेर आफ्नो जीविका चलाउने गरेको छ। नौसाद राज मिस्त्री हुन्। दिलसाद गाउँगाउँ घुमेर कपडा बेच्छिन्। इरसाद पनि कपडा बेच्छन्।

उनीहरूका बुबा पनि यही काम गर्दथे। अहिले बुढा भइसकेका छन्।

अख्तर अलीका कान्छा छोरा गुलसनको शव २०१८ मा संकास्पद अवस्थामा फेला परेको थियो। छोराको हत्या भएको तर आफ्नै समुदायका मानिसहरूले साथ नदिएको आरोप उनीहरूको छ।

युवा हिन्दु वाहिनीका मानिसहरूले उनीहरूलाई सहयोग गरे। र, पछि उनीहरूले इस्लाम त्याग गर्ने निर्णय गरे।

हिन्दु धर्म अपनाइसकेपछि गाउँकै जगबिर सिंहले उनीहरूलाई आफ्नो घर दिए।

तर, मुसलमानबाट हिन्दु बनेको यात्रा पूरा परिवारका लागि धेरै लामो रहन् सकेन। किनभने उनीहरूको घरकी महिला हिन्दु बन्न चाहेकी थिइनन्।

हिन्दु बनेपछि नौसादकी श्रीमती रूकैया माइती गइहालिन्। हिन्दु बनेपछि सम्बन्धविच्छेद भइसकेको र अब फर्केर नआउने भन्दै उनी माइती गइन्।

बच्चाहरू पनि उनीसँगै गएकाले आफूलाई एक्लै बस्न ज्यादै कठिन भएको नौसाद बताउँछन्।

हिन्दु बनेपछि के पाए?

नौसादले दुई महिनामै फेरि मुस्लिम धर्म अपनाइहाले। माइत गएकी श्रीमतीसँग फेरि ‘निकाह’ (विहे) गरे।

आफू जे सोचेर हिन्दु बनेको त्यो हासिल हुन नसकेको नौसाद बताउँछन्। हिन्दु बनिसकेपछि उनले आफ्नो नाम कवि राखेका थिए। न्यायका लागि हिन्दु बने पनि केही हासलि नभएको उनको भनाइ छ।

इरसाद भन्छन्,‘हिन्दु तो बनेँ। तर, सबै आफन्त मुस्लिम नै थिए। हिन्दु बनेपछि सबै जना रूष्ट भए। कोही कुरासमेत गर्दैनथ्यो। सबै व्यङ्ग्य गर्दथे। फोन उठाउन पनि बन्द गरिदिए। अर्कोतर्फ हिन्दुमा पनि जातीय व्यवस्था छ। आफूलाई हिन्दु त बनाइहालेँ तर जाति कहाँबाट पाउनु? जाति नै नमिलेपछि बिहेबारी कसरी हुन्थ्यो? आफ्नै खुट्टामा बन्चरो हाने जस्तो भयो।’

अख्तर अलीकी जेठी बुहारी शाबरा खातुन भन्छिन्,‘मलाई थाहा थियो कि हामीलाई कुनै पनि हिन्दुले स्वीकार गर्दैनन्। त्यसैले जतिसुकै कठिनाइ भए पनि हिन्दु नबन्ने निर्णयमा पुगेँ। मेरो बच्चासँग कसले बिहे गथ्र्यो? म हिन्दु बनेर पनि कुनै ब्राह्मण त बन्न सक्दिनँ थिएँ। बन्नु त दलित नै थियो। त्यसो भए छुवाछुत झेल्न म किन जाउँ? मुसलमान बन्न सजिलो छ। तर, हिन्दु बनेर पनि आफ्नो पछाडिको जीवनबाट मुक्त हुन सकिँदैन।’

अख्तर अलीका पूरा परिवार फेरि मुसलमान बने। तर, उनका तेस्रो छोरा दिलसाद अहिले पनि हिन्दु नै छन्।

उनले २०१८ मा आफ्नो नाम दिलेर सिंह राखे। दिलेर सिंहले आफ्ना सबै बच्चाहरूको हिन्दु नाम राखे। उनका पाँच जना बच्चाहरूको उमेर चार वर्षदेखि १४ वर्षसम्म छ। दिलेरले आफ्नी श्रीमतीको नाम मञ्जु राखेका छन्।

दिलेर सिंह विगत चार वर्षदेखि हिन्दु छन्। धर्म परिवर्तन गर्दा उनले के फाइदा पाए त?

दिलेर भन्छन्,‘पाउनु के थियो र? पाउने भनेको त मिहिनेतबाटै हो। धर्मले नाममात्रै बदलिने हो। गाउँका हिन्दुहरूले मदत ग¥यो यति मात्रै हो। जयबिर सिंहले दिएको घर अहिले पनि मेरै हो। मेरो भाइ फेरि मुस्लिम बन्यो। तर, अहिले पनि यही घरमा बसिरहेका छन्।’

हिन्दुले के भन्छन्?

जयबिर सिंहकै परिवारका सुखबिर सिंह भन्छन्,‘हिन्दु बनेकोले उनीहरूलाई घर दिइएको होइन। खाली रहेको घरमा सरसफाइ भइरहोस् भनेर घर दिएका हौं। उनीहरूले जुनसुकै धर्म माने पनि हामीलाई केही फरक पर्दैन।’

मुस्लिम बन्न सजिलो भए पनि हिन्दु बन्न कठिन रहेको उनको बुझाइ छ।

सुखबिर भन्छन्,‘हिन्दुबाट मुस्लिम बन्न सजिलो छ। तर, मुस्लिमबाट हिन्दु बन्न सजिलो छैन। हिन्दु समाजमा जाति अहिले पनि महत्व राख्छ। अहिले पनि बिहेबारी आफ्नै जातिमा हुने गरेको छ। कोही मुसलमानबाट हिन्दु बने उसले कुन जाति अपनाउने? जाति त जन्मका साथै आउने हो। छानेर जाति लिन पाइँदैन।’

पश्चिम बंगालको जाधवरपुर विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक अब्दुल मतिन ‘भारतमा घर फिर्ताको जुन नारा दिइएको छ, त्यो सामाजिक र राजनीतकि रूपमा धोका’ रहेको बताउँछन्।

हिन्दु धर्मममा जातिको कडीलाई तोड्न ज्यादै कठिन रहेको उनको भनाइ छ।

‘हिन्दु धर्ममा जातिको कडीलाई तोड्न त्यति सजिलो छैन। यसलाई अम्बेडकरले तोड्न सकेनन् र अन्त्यमा उनी बौद्ध बने। मानिस हिन्दु धर्ममा गइहाल्छन्, तर, त्यहाँ उनीहरूले सामाजिक मान्यता पाउँदैनन्,’ मतिन भन्छन्।(बिबिसीबाट)

 

 


Leave a Reply

Your email address will not be published.