घोषणापत्र तयारीका लागि कांग्रेसले प्रविधिमार्फत सुझाव संकलन गर्ने

घोषणापत्र तयारीका लागि कांग्रेसले प्रविधिमार्फत सुझाव संकलन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आगामी निर्वाचनको घोषणापत्रमा आम नागरिकको सुझाव पनि समावेश गर्ने भएको छ।

‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर विविध धारणा राख्नुहुने सबैको सुझाव लिने घोषणापत्र तयारी समितिले गरेको हो।

यसका लागि घोषणापत्र तयारी समितिले सुझाव दिन सबैलाई अपिल गरेको छ।

घोषणा पत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सुरू गरिसकेको तयारी समितिले प्रविधिको माध्यमबाट समेत सुझाव लिइने बताएको छ।

९७४१६७३४१८ नम्बरमा व्हाट्स एप / भाइवर/ इमोमार्फत सुझाव पठाउन सकिने समितिले जनाएको छ।

त्यस्तै ९८८०२२३३५५ नम्बरमा फोन गरे सिस्टमले आफैं आवाज रेकर्ड गर्ने व्यवस्था मिलाइएको छ।

यसबाहेक क्युआर कोडा स्क्यान गरेर डिजिटल फर्ममार्फत समेत सुझाव पठाउन सकिने घोषणापत्र तयारी समितिले जनाएकोछ।

 


Leave a Reply

Your email address will not be published.