कांग्रेसको बन्दसूचीमा को–को परे? (सूचीसहित)

कांग्रेसको बन्दसूचीमा को–को परे? (सूचीसहित)

काठमाडौं- नेपाली कांग्रेसले बन्दसूचीको पहिलो नम्बरमा पूर्वउपसभापति विमलेन्द्र निधिको नाम राखेको छ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा निर्वाचनतर्फको समानुपातिकतर्फको बन्दसूचीमा पहिलो नम्बरमा निधिको नाम राखेको हो।

त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा.प्रकाशशरण महत र आनन्दप्रसाद ढुंगानाको नाम छ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम नवौं नम्बरमा छ।

कांग्रेसको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ। ११० जनाको नामावलीमा इतर पक्षका जम्मा १३ जना छन्।

इतर पक्षबाट डा.चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नगिना यादव र मुक्ता यादव छन्।

बन्दसूचीमा सम्मानजनक प्रतिनिधित्व नभएको भन्दै शेखर कोइराला पक्ष असन्तष्ट बनेको छ। बन्दसूचीमा सभापति देउवाले ‘एकलौटी’ गरेको भन्दै कोइराला पक्षले शनिबार खबरदारी सभासमेत गरेको थियो।

कोइराला समूहले प्रत्यक्षतर्फको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हारिने चेतावनी दिएको छ।


Leave a Reply

Your email address will not be published.