प्रचण्ड भन्छन् – संविधान उल्ट्याउने प्रयास भइरहेको छ

प्रचण्ड भन्छन् – संविधान उल्ट्याउने प्रयास भइरहेको छ

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान उल्ट्याउने प्रयास भइरहेको बताएका छन्।

प्रेस सेन्टर चितवनले सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले संविधान उल्टाएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भएको बताएका हुन्।

हरेक क्रान्तिपछि प्रतिक्रान्तिले टाउको उठाउने खतरा भइराख्ने उनले जिकिर गरे।

‘एक थरी तत्वहरू यो संविधानलाई कसरी उल्ट्याउने होला? संघीय लोकतान्त्रिक गणतन्त्रलाई के गरी कमजोर पार्ने होला। परिवर्तनमा योगदान गर्ने नेतालाई के गरी बदनाम गर्ने होला भनेर लागेकै छन्,’ प्रचण्डले भने।

उनले परिवर्तनको विरोधमा अहिले सामाजिक सञ्जाललाई समेत माध्य बनाइएको बताए। उनले भने, ‘सामाजिक सञ्जालको प्रयोग गरेर प्रतिगमनकारीले भ्रामक सूचना सम्प्रेषण गरेर जनमत सिर्जना गर्ने सम्भावना देखिएको छ।’

आगामी निर्वाचनतर्प इंगित गर्दै प्रचण्डले अब जनताले फैसला गर्ने दिन आएको बताए।

‘संघीयता र गणतन्त्र धरापमा पर्ने हो कि चिन्ता थियो। तर, स्थानीय तह निर्वाचनमा जनताले फैसला गरे। अब मंसिर ४ मा पनि नतिजा पक्षमै आउँछ,’ प्रचण्डले भने।


Leave a Reply

Your email address will not be published.