विराट कोहली : बने सचिनपछि बढी रन जोड्ने भारतको दोस्रो ब्याट्सम्यान

विराट कोहली : बने सचिनपछि बढी रन जोड्ने भारतको दोस्रो ब्याट्सम्यान

काठमाडौं-टि–२० विश्वकपअघि भारतीय क्रिकेट टिमलाई एसिया कपमा निरासा हात लाग्यो। तर अस्ट्रेलियाविरूद्ध घरेलु मैदानमा भएको टि–२० श्रृंखलामा भारतले उत्कृष्ट प्रदर्शन गर्‍यो।

आइतबार राति भएको अन्तिम खेलमा अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेर २–१ ले श्रृंखलामाथि भारतले कब्जा जमायो।

हैदराबादमा भएको खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गरेर १८६ रन बनाएको थियो। जवाफमा भारतीय टिमले खेलको अन्तिम ओभरमा जित हासिल गर्‍यो।

श्रृंखलाको पहिलो खेल अस्ट्रेलियाले जितेको थियो भने अन्तिम दुई खेलमा भारतले जित्यो।

विराट कोहलीले बनाए कीर्तिमान

आइतबार भएको खेलमा विराट कोहलीले ६३ रनको शानदार इनिङ खेले। विराट आफ्नो यो इनिङमार्फत क्रिकेट करियरमा खास उपलब्धि हासिल गर्न सफल भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा विराट अब सचिन तेन्दुलकरपछि सबैभन्दा बढी रन बनाउने दोस्रो ब्याट्सम्यान भएका छन्।

यस मामिलामा उनले भारतीय टिमका कोचसमेत रहेका राहुल द्रविडलाई पनि पछाडि छाडि दिएका छन्।

भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन तेन्दुलकरले बताएका छन्।

आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले ३४ हजार ३५७ रन बनाएका छन्। तेन्दुलकर भारतका मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमै सबैभन्दा बढी रन बनाउने क्रिकेटर हुन्।

विराट अब २४ हजार ७८ रन बनाएर सबैभन्दा बढी रन बनाउने भारतका दोस्रो ब्याट्सम्यान भएका छन्।

राहुल द्रविड २४ हजार ६४ रनका साथ तेस्रो स्थानमा छन्।

विराटले सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका थिए। सुरूवातमा उनले एक दिवसीय क्रिकेट खेल्ने अवसर पाए। केही समयकै अन्तरालमा उनी एक दिवसीय क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान बने।

उनले २६२ एक दिवसीय म्याचमा १२ हजार ३४४ रन बनाएका छन्। एक दिवसीय क्रिकेटमा ४३ शतक उनले बनाएका छन्।

टि–२० मा पनि उत्कृष्ट रेकर्ड

विराटले २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। आफ्नो सुरूवाती २० टेस्ट म्याचमा विराटले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

टिमको क्याप्टेन बनेपछि उनको खेल पूर्ण रूपले फेरियो। १०२ टेस्टमा उनले ८ हजार ७४ रन बनाएका छन्।

तर टि–२० क्रिकेटमा विराटको उत्कृष्ट प्रदर्शन सुरूदेखि कायम रह्यो। टि–२० क्रिकेटमा उनको ब्याटिङ औसत ५० भन्दा बढी छ।

विराटले १०७ टि–२० म्याचमा ३ हजार ६६० रन बनाएका छन्।

 


Leave a Reply

Your email address will not be published.