बडा दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडा दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडा दसैंको दोस्रो दिन आज शक्तिपीठ तथा दसैं घरहरूमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ।
आश्वि शुक्ल प्रतिपदादेखि सुरू भएको दसैैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी श्रद्धापूर्वक मनाउने गरिन्छ।
घटनस्थापना गरेसँगै नवदुर्गाका ९ वटा स्वरूपहरूको पूजा गर्ने परम्परा छ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दसैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद गौतम बताउँछन्। दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।

 


Leave a Reply

Your email address will not be published.