कांग्रेसले पत्रकार सम्मेलन गर्दै

कांग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाडौं- सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पत्रकार सम्मलेन गर्न लागेको छ।

मंगलबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो।

दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गर्ने पत्रकार सम्मेलन शेखर कोइराला समूहको भेला, त्यो समूहबाट भएको आन्दोलनको घोषणा, सिट बाँडफाँटका लागि गठबन्धनभित्र भइरहेको छलफल, निर्वाचन तयारीलगायतका विषयमा केन्द्रित हुने बताइएको छ।

संस्थापन पक्षको नेतृत्व गरिरहेको सभापति शेरबहादुर देउवाले समानुपातिक सूचीमा एकलौटी गरेको आरोप शेखर कोइराला पक्षले लगाएको छ।

समानुपातिकतर्फको बन्दसूचीप्रति असन्तुष्ट बनेको कोइराला पक्ष मंगलबार नै पार्टी कार्यालयमा एक घण्टा धर्ना बस्ने कार्यक्रम तय गरेको छ।

समानुपातिकतर्फ १० प्रतिशतमात्रै भाग पाएको भन्दै शेखर समूह विरोधमा उत्रिएको हो।

असोज १६ गतेभित्र समानुपातिक सूचीमा संशोधन नभए विद्रोह गर्ने चेतावनी शेखर समूहले दिएको छ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा शेखर समूहका १३ जना नेतामात्रै परेका छन्।

सिफारिस भए पनि समानुपातिकतर्फ नाम काटिएपछि प्रत्यक्षतर्फ पनि त्यस्तै हुनसक्ने भय शेखर समूहलाई देखिएको छ।
शेखर समूहले ४० प्रतिशत भाग आफूहरूले पाउनुपर्ने माग गरेको छ।


Leave a Reply

Your email address will not be published.