काठमाडौं उपत्यकामा ५ सिट छाड्न कांग्रेस सहमत

काठमाडौं उपत्यकामा ५ सिट छाड्न कांग्रेस सहमत

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यकाको पाँच सिट छाड्न सहमत भएको छ।

सत्ता गठबन्धनमा भएको चुनावी तालमेलको सहमतिअनुसार कांग्रेसले उपत्यकाको १५ मध्ये ५ सिट छाड्न सहमत भएको हो।

उपत्यकाको तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर गरी कुल १५ जिल्ला छन्।

कांग्रेस काठमाडौंको ३ र भक्तपुर तथा ललितपुरको १–१ निर्वाचन क्षेत्र छाड्न तयार भएको हो।

अहिलेसम्म भएको सहमतिअनुसार कांग्रेसले काठमाडौंको क्षेत्र नम्बर २, ७ र ८ मा उम्मेदवारी दिने छैन।

गठबन्धनमा भएको सहमतिअनुसार क्षेत्र नम्बर २ बाट माओवादी केन्द्र, ७ बाट जनता समाजवादी पार्टी र ८ मा नेकपा(एकीकृत समाजवादी) ले उम्मेदवारी दिनेछन्।

त्यस्तै कांग्रेस ललितपुरको क्षेत्र नम्बर ३ र भक्तपुरको १ पनि छाड्न सहमत भएको छ। ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी नेतृ पम्फा भुसाल चुनाव लड्ने तयारी गरिरहेकी छन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीले जित्दै आएको भक्तपुर १ मा गठबन्धनबाट कुन दलले उम्मेदवारी दिने निश्चित भइसकेको छैन।

कांग्रेसका तर्फबाट काठमाडौं १ मा प्रकाशमान सिंह, क्षेत्र नम्बर ३ मा हरिबोल भण्डारी, ४ मा गगन थापा, ५ मा स्वर्णीम वाग्ले, ६ मा कृष्ण सबुज बानियाँ, ९ मा नानु बास्तोला र १० मा राजन केसीको नाम चर्चामा रहेको छ।


Leave a Reply

Your email address will not be published.