कांग्रेस पार्टी कार्यालयमा शेखर समूहको धर्ना

कांग्रेस पार्टी कार्यालयमा शेखर समूहको धर्ना

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका नेताहरू धर्नामा बसेका छन्।

समानुपातिकको बन्दसूचीमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर समूहका नेताहरू धर्नामा बसेका हुन्।

बुधबार दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा उनीहरू धर्नामा बसेका छन्। धर्नामा शेखर समूहका दोस्रो तहका नेताहरू धर्नामा बसेका छन्।

समानुपातिकतर्फको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर समूहका नेताहरू धर्ना दिएका छन्।

दुई दिनअघि भएको शेखर समूहका नेताहरूको भेलाले समानुपातिकतर्फको उम्मेदवार चयनमा मनोमानी भएको भन्दै पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो।

त्यस्तै विरोध कार्यक्रमअन्तर्गत नै यो समूहले बिहीबार पार्टी कार्यालयमा चियापान कार्यक्रम राखेको छ।

शेखर समूहले बन्दसूचीमा आफ्ना नेताहरूको नाम काटिएको भन्दै सच्याउन माग गरिरहेको छ। यो समूहले असोज १४ गतेसम्म बन्दसूचीको नाम सच्याउन अल्टिमेटम दिएको छ।

१४ गतेभित्र नाम नसच्याइए उनीहरूले पार्टीभित्र विद्रोह गर्ने चेतावनी दिएका छन्।

शेखर समूहको दबाब बढेपछि सभापति देउवा बन्दसूचीको नाम सच्याउन तयार भएका छन्। मंगलबार र बुधबार पार्टी पदाधिकारीको बैठकमा बन्दसूचीको नाम सच्याउन आफू तयार रहेको देउवाले बताएका छन्।

 


Leave a Reply

Your email address will not be published.