रवीन्द्र मिश्र राप्रपामा प्रवेश

रवीन्द्र मिश्र राप्रपामा प्रवेश

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पाार्टीका अध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकताको घोषणा भएको छ।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकताको घोषणा भएको हो।

घोषणापत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन र मिश्रले हस्ताक्षर गरेका छन्।

मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने सहमतिपत्रमा उल्लेख छ।

विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार केन्द्रीय समितिका एक दर्जन नेतामात्र मिश्रसँग राप्रपामा गएको दाबी गरेका छन्।

राप्रपामा गएका केन्द्रीय सदस्यहरूले पार्टी कार्यालयमा राजीनामा बुझाएको उनले बताए।

परियारका अनुसार नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र, माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्रीलगायतले राजीनामा बुझाएका छन्।

 

 


Leave a Reply

Your email address will not be published.