लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

लोसपा नेतृ चन्दा चौधरी कांग्रेस प्रवेश

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नेतृ चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चौधरी कांग्रेस प्रवेश गरेकी हुन्।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई पार्टीमा स्वागत गरेका थिए।

उनी लोसपाबाट समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य थिइन्।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाका महन्थ ठाकुर समूह सरकारमा सहभागी हुँदा चौधरी महिला तथा बालबालिकामन्त्री बनेकी थिइन्।

लोसपाको कार्यकारिणी सदस्यसमेत रहेकी चौधरी माधवकुमार नेपाल नेतृत्वको सरकारमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट सहायक खेलकुदमन्त्री बनेकी थिइन्।

 


Leave a Reply

Your email address will not be published.