भारतीय कांग्रेस अध्यक्ष पदका लागि थरूर र दिग्विजय आमुन्ने–सामुन्ने

भारतीय कांग्रेस अध्यक्ष पदका लागि थरूर र दिग्विजय आमुन्ने–सामुन्ने

काठमाडौं- भारतीय कांग्रेसको अध्यक्ष पदका लागि शुक्रबार मनोनयन दर्ताको अन्तिम दिन रहेको छ।

कांग्रेसको अध्यक्ष पदका लागि अहिलेसम्म वरिष्ठ नेता शशि थरूर र मध्य प्रदेसका पूर्वमुख्यमन्त्री दिग्विजय सिंह मनोनयन दर्ता गराइरहेका छन्।

यसबाहेक कांग्रेस नेता पवन बन्सलले पनि मनोनयन पत्र लिएका छन्। यद्यपि उनले आफ्नो लागि वा अरू कुनै नेताका लागि मनोनयन फर्म लिएका प्रष्ट भएको छैन।

यसअघि राजस्थानका मुख्यमन्त्री अशोक गलहोतले पनि पार्टी अध्यक्ष पदका लागि चुनाव लड्ने घोषणा गरेका थिए।

तर, मुख्यमन्त्री पदलाई लिएर द्वन्द्व सुरू भएपछि गलहोत आफ्नो निर्णयबाट पछि हटेका छन्।

उनले भनेका छन्,‘यस्तो माहोलमा म अध्यक्ष पदको चुनाव लड्दिनँ।’

गलहोतले बिहीबार दिल्लीमा पार्टी अध्यक्ष सोनिया गान्धीसँग भएको भेटवार्तापछि चुनाव नलड्ने घोषणा गरेका थिए।

राहुल गान्धीले ‘एक जना, एक पद’ बताएपछि राजस्थानका मुख्यमन्त्री गलहोत पार्टी अध्यक्षका लागि चुनाव लड्ने आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ।

पार्टी अध्यक्ष पदका लागि चुनाव लड्दा उनले मुख्यमन्त्री पदबाट राजीनमा दिनुपर्ने हुन्थ्यो।

 


Leave a Reply

Your email address will not be published.