विमानस्थलमा दुई विमान ठोक्किएपछि…

विमानस्थलमा दुई विमान ठोक्किएपछि…

काठमाडौं- बेलायतको हिथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएका छन्।

कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति ठोक्किएको विमानस्थलका प्रवक्ताले पुष्टि गरेको बिबिसीले जनाएको छ।

दुई विमान एकआपसमा ठोक्किए पनि कोही पनि घाइते नभएको जनाइएको छ।

‘घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यलाई उद्धार गर्न विमानस्थलमा केहीबेर आपतकाल घोषणा गरिएको थियो,’ प्रवक्ताले भनेका छन्।

कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्।

ठक्करपछि एक विमानको पंखामा क्षति भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published.