पार्टी सुदृढीकरणका लागि विद्रोह गर्नुपर्ने अवस्था आयो : गगन थापा

पार्टी सुदृढीकरणका लागि विद्रोह गर्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सुधार्न विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन्।

काठमाडौंको चाबहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थपाले पार्टीलाई सुदृढ बनाउन आहिले विरोध र विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका हुन्।

‘पार्टीलाई सुदृढीकरण गर्नुपर्ने छ, असन्तुष्टि छ, न्याय र सन्तुलन भएन भन्ने छ,’ उनले भने,‘पार्टीभित्र नयाँ संघर्ष गर्नुपर्ने बोध छ। त्यसैले अहिले विरोध र विद्रोह गर्नुपर्ने अवस्था आएको छ।’

थापाले अहिले पार्टीभित्र गठबन्धन र जितहारको मात्रै कुरा भइरहेको जिकिर गरे।

उनले भने,‘अहिले गठबन्धन र जितहारबाहेक अरू कुरा हुन छाडेको छ। अबको पाँच वर्षमा गठबन्धन वा अन्य दल, जसको सरकार बने पनि परिणाम आउनुपर्छ।’

महामन्त्री थापाले यो संसदको सबैभन्दा क्रियाशील सांसद भएर काम गरे पनि सोचेअनुसारको नभएको उल्लेख गरे।

‘यो संसदको सबैभन्दा क्रियाशील सांसद भएर काम गरेँ। इमानदारीपूर्वक काम गरेको छु। सोचे अनुसारको भइरहेको छैन,’ उनले भने,‘पाँच वर्ष खेर गयो। यो पाँच वर्ष सकिने बेला जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुग्न सकेनौं।’


Leave a Reply

Your email address will not be published.