मुकेश अम्बानीलाई जेड प्लस सुरक्षा

मुकेश अम्बानीलाई जेड प्लस सुरक्षा

काठमाडौं- भारतको गृह मन्त्रालयले उद्योपति मुकेश अम्बानीको सुरक्षा बढाएर जेड प्लस गरेको छ।

रिलायन्स इन्डस्ट्रिजका मालिक अम्बानीसँग सन् २०१३ देखि जेड श्रेणीको सुरक्षा थियो।

समाचार एजेन्सी पिटिआइले जनाएअनुसार खुफिया एजेन्सीबाट प्राप्त सूचनापछि उनको सुरक्षा बढाइएको हो।

अम्बानीको सुरक्षा अब ४०–५० कमान्डोले अलग–अलग सिफ्टमा गर्ने छन्। सुरक्षाका लागि हुने खर्च उनले आफैं बेहोर्ने छन्।

गत वर्ष मुम्बइस्थित अम्बानीको आवास एन्टिलियाबाहिर विस्फोटक पदार्थ फेला परेपछि गृह मन्त्रालयले उनको सुरक्षा बढाउने विषयमा योजना बनाइरहेको थियो।

अम्बानीकी श्रीमती नितासँग वाइ श्रेणीको सुरक्षा रहेको छ।

फ्रब्रअरी २०२१ मा अम्बानीको घर बाहिर एक कारमा विस्फोटक पदार्थ बरामद भएको थियो।

राष्ट्रिय सुरक्षा एजेन्सी (एनआइए) ले त्यस मामिलामा अनुसन्धान गरेर योजना बनाएको आरोपमा मुम्बई प्रहरीका एक सईलाई पक्राउ गरेको थियो।

जेड प्लस भारतको दोस्रो सबैभन्दा ठूलो सुरक्षा श्रेणी हो।

अगस्त महिनामा अम्बानी र उनको परिवारलाई धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।

भारतको सर्वोच्च अदालतले जुलाई २०२० मा अम्बानी र उनको परिवारलाई सुरक्षा सुविधा उपलब्ध गराउन आदेश दिएको थियो।

गएको महिना अडानी ग्रुपका चेयरम्यान गौतम अडानीलाई पनि केन्द्र सरकारले जेड श्रेणीको सुरक्षा उपलब्ध गराएको थियो।

 


Leave a Reply

Your email address will not be published.