माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर शाखा सिरहामा

काठमाडौं    माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन गरेको बैंकले जनाएको छ।

उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका थिए।

बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको बैंकले बताएको छ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी,विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु प्रदान गर्ने जनाएको छ।


Leave a Reply

Your email address will not be published.