समानुपातिक सूचीबाट हटाइयो महराको नाम

समानुपातिक सूचीबाट हटाइयो महराको नाम

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम बन्दसूचीबाट हटाइएको छ।

माओवादी केन्द्रले परिमार्जन गरेर निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट महराको नाम हटाएको हो।

महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

यसअघि महरा आफैंले प्रत्यक्षतर्फबाट चुनाव नलडेर समानुपातिकतर्फ जाने प्रस्ताव गरेपछि उनको नाम बन्दसूचीमा समावेश गरिएको थियो।

समानुपातिकमा नाम समेटिएपछि उनको आलोचना भएको थियो।

महरा अब प्रत्यक्षबाटै चुनाव लड्ने मनस्थितिमा रहेको बताइएको छ।

महरा २०७४ सालको निर्वाचनमा दाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।


Leave a Reply

Your email address will not be published.