मानव विकासक्रमबारे पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

मानव विकासक्रमबारे पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं- यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गर्ने स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ।

पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानव जातिनिकट पूर्वज प्रजाति नियनडर्थलहरूको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार दिइएको जनाइएको छ।

उनले पहिले पत्ता नलागेको मानव जातिको अज्ञात नजिकका पूर्वज डेनिसोभाहरू पत्ता लगाउने सनसनीपूर्ण उपलब्धि पनि हासिल गरेका छन्।

उनको कामले मानवको आफ्नै विकासक्रमको इतिहास र कसरी मानिसहरू पृथ्वीभरि फैलिए भनेर खोजी गर्न मदत पुगेको बताइएको छ।

आनुवंशिक विज्ञ उनको काम मानव विकाससम्बन्धी केही आधारभूत प्रश्नमा केन्द्रित रहेको छ।

त्यस्ता प्रश्नमा हामी कहाँबाट आएका हौं र हामी होमो स्यापियन्सका रूपमा हाम्रा अन्य पुर्खाहरू लोप हुँदा पनि कसरी सफल हुनसक्यौं वा केले गर्दा त्यस्तो मिल्यो भन्नेलगायत छन्।

सन् १०१० देखि नै यस्ताखाले खोजमा काम भइरहेको छ। तर, त्यो पुराना डिएनहरूमा भर पर्ने गरेको थियो।

नोबेल कमिटीले भनेको छ,‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवांशिक फरक हाम्रा अगाडि राखिदिएर उनको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौं भन्ने पत्ता लगाउने आधार बनेको छ।’

नियनडर्थल डिएनए र संसारभरि रहेका मानवको डिएनएबीच गरिएको तुलनापछि उनीहरूको डिएनए युरोप र एसियाका मानिसहरूको डिएनएसँग मिल्दोजुल्दो पाइयो।

मानव उत्पत्तिबारे अर्को महत्वपूर्ण अध्ययन सन् २००८ मा आएको थियो। वैज्ञानिकहरूले ४० हजार वर्ष पुरानो औँलाको हड्डी साइबेरियाको डेनिसोभा गुफाबाट फेला पारेका थिए।

प्रोफेसर पाबोले डिएनएको एउटा नमूना सिक्वेन्स गर्न सफल भएका थिए। र, परिणाम चाहिँ यसअघि थाहा नभएको डेनिसोभन भनिने होमिनिन रहेको पत्ता लाग्यो।

होमो स्यापियन्सले डेनिसोभनसँग पनि प्रजनन गरेका थिए।

दक्षिण पूर्वी एसियाका ६ प्रतिशत मानिसमा डेनिसोभनको डिएनए पाइन्छ।

प्रोफेसर पाबोले नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनका सचिव थोमस पर्लनमले फोन गरेपछि मात्र आफूले पुरस्कार पाएको खबर सुनेका थिए।

उनले १ करोड स्विडिस क्रोनर अर्थात ८ लाख ब्रिटिस पाउन्ड बराबरको पुरस्कार पाउने भएका छन्।

 


Leave a Reply

Your email address will not be published.