राजदेवी मन्दिरमा १४ हजार बढी बोकाबलि

राजदेवी मन्दिरमा १४ हजार बढी बोकाबलि

जनकपुरधाम- जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार बढी बोकाबलि भएको छ।

बडादसैंअन्तर्गत महाष्टमीको राति राजदेवी मन्दिरमा १४ हजार ९४१ बोकाबलि भएको हो।

सोमबार राति करिब साढे बजेदेखि सुरू भएको बोकाबलि मंगलबार बिहान करिब ४ बजेसम्म चलेको थियो।

राति हुने बोकाबलिका लागि श्रद्धालुहरू साँझदेखि लाइन लागेर बसेका थिए।

राजदेवी मन्दिरमा जनकपुरका साथै छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरू बोकाबलिका लागि आउने गरेका छन्। भाकल गरेका साथै कतिपयले आफूखुशी राजदेवी मन्दिरमा बोकाबलि दिने गरेका छन्।

राजा जनकको कुदेवतासमेत भनिएको राजदेवी मन्दिरमा वर्षममा एकपटक वडादसैंको महाष्टमीको रातिमात्रै बोकाबलि हुने गरेको छ।

राजदेवी मन्दिरमा बोकाबलिलाई व्यवस्थापन गर्न त्यहाँ पूजाको व्यवस्थापन गदै आइरहेको महावीर युवा कमिटीका साथै राम युवा कमिटीलगायत दर्जनौं युवाहरू परिचालन हुने गर्दछ।


Leave a Reply

Your email address will not be published.