दुबईमा आज हुँदैछ हिन्दु मन्दिरको उदघाटन

दुबईमा आज हुँदैछ हिन्दु मन्दिरको उदघाटन

काठमाडौं- संयुक्त अरब एमिरेट्स (युएई) को दुबइमा पहिलो हिन्दु मन्दिर आजदेखि खुल्ने भएको छ।

गल्फ न्युजले जनाएअनुसार मन्दिरको उदघाटन समारोहमा युएईका सहिष्णुता र सहअस्तित्वमन्त्री शेख नाहयान बिन मुबारक अल नाहयान र युएईका लागि भारतीय राजदूत सञ्जय सुधिर प्रमुख अतिथि हुनेछन्।

यो मन्दिर दुबईको ‘वरसिप भिलेज’ मा निर्माण गरिएको छ। त्यहाँ पहिलेदेखि चर्च र गुरुद्वारा रहेको छ।

आधिकारिक उदघाटनअघि १ सेप्टेम्बरदेखि मन्दिरलाई आंशिक रूपले खोलिएको थियो। अहिलेसम्म हजारौं मानिस मन्दिरको झलक हेरिसकेका छन्।

त्यहाँ सबै धर्मका मानिस जानसक्ने बताइएको छ। मन्दिरमा ९ दिनसम्म विशेष पूजाको आयोजनासमेत गरिने जनाइएको छ।

मंगलबार उदघाटन कार्यक्रम भएकाले आम नागरिकलाई प्रवेश दिइएको छैन। तर, बुधबारदेखि मन्दिर सबैका लागि खोलिनेछ।
मन्दिरमा १६ भगवानको मूर्ति छन्।

 


Leave a Reply

Your email address will not be published.