रूस–युक्रेन युद्ध : रूसी सेनासँग लडाइँ तिब्र

रूस–युक्रेन युद्ध : रूसी सेनासँग लडाइँ तिब्र

काठमाडौं- युक्रेनका सेना उत्तर पूर्व खेरसौन द्रिपर नदीमा तैनाथ रूसी सेनालाई पछाडि धकेलिदिएका छन्। रणनीतिक आधार पर रूसका लागि यो क्षेत्र ज्यादै महत्पूर्ण रहेको छ।

रूसी सैनिक त्यो क्षेत्र कब्जामा लिन आक्रमण गरिरहेको छ।

युक्रेनका राष्ट्रपति वोलोदिमरि जेलेन्स्कीले कैयौं क्षेत्रलाई रूसको नियन्त्रणबाट फिर्ता लिइएको बताएका छन्।

पूर्वमा युक्रेनको सेनाले रूस अधिनस्त लुहांस्क क्षेत्रमा पसेर केही हिस्सा नियन्त्रणमा लिएको छ।

जेलेन्स्कीले भनेका छन्,‘कैयौं क्षेत्रमा लडाइँ तिब्र भइसकेको छ। कैयौं इलाकालाई रूसको कब्जाबाट स्वतन्त्र गराइएको छ। रूसको सेनालाई कडा टक्करको सामना गर्नु परिरहेको छ।’

शनिबार युक्रेनको सेनाले लाइमन क्षेत्रमा पुनः कब्जा ग¥यो। त्यहाँ रूसी सेनालाई पछि हट्नुपरेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार युक्रेनी सेनाले रूसका सैनिकलाई लुहांस्कमा कैयौं किलोमिटर पछि धकेलिदिएका छन्।

त्यहाँबाट युक्रेनका सेना रूस नियन्त्रित क्रेमेन्ना र स्वातोवेतर्फ बढिरहेको छ।

खेरसौनमा रूसको तर्फबाट नियुक्त गरिएका नेता व्लादिमिर साल्दोले दक्षिणतर्फ युक्रेनी सेना डुडचानीसम्म आइपुगेको बताएका छन्।
त्यो क्षेत्र द्रिपर नदीभन्दा करिब ३० किलोमिटर टाढा रहेको छ।

 


Leave a Reply

Your email address will not be published.