‘क्वान्टम मेकानिक्स’ बारे अध्ययन गर्ने तीन जनालाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

‘क्वान्टम मेकानिक्स’ बारे अध्ययन गर्ने तीन जनालाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं- यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ‘क्वान्टम मेकानिक्स’ बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ।

‘क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो।

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आसपमा बराबरी रूपमा बाँड्नेछन्।

पुरस्कारको राशि एक करोड स्वीडिस क्रोनर छ।

गत वर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई नै दिइएको थियो।

यस वर्षको पुरस्कार विजेताहरू जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोज सञ्चालन गरेका थिए।

त्यो खोजले दुई उप–पारमाणविक कणहरू छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ।

‘क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र हो, भौतिक विज्ञानको नोबेल समितिका सदस्या इभा उल्सनले भनिन्,‘यसका सुरक्षित सूचना स्थानान्तरण, क्वान्टम कम्प्युटिङ र सेन्सिङ टेक्नोलोजी जस्ता क्षेत्रहरूमा व्यापक र सम्भावित प्रश्नहरू छन्।’

फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी पेरिस–सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध छन्।

अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी चलाउँछन्।

७७ वर्षका एन्टोन साइलिङ्गर चाहिँ भियाना विश्वविद्यालयमा संलग्न छन्। यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेवापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा गरिएको थियो।

 


Leave a Reply

Your email address will not be published.