कांग्रेसको समानुापतिक सूचीः मधेसीतर्फ निधि र खसआर्यतर्फ महत पहिलो नम्बरमा (सूचीसहित)

कांग्रेसको समानुापतिक सूचीः मधेसीतर्फ निधि र खसआर्यतर्फ महत पहिलो नम्बरमा (सूचीसहित)

काठमाडौं- नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा प्रवक्ता प्रकाशशरण महको नाम खसआर्यतर्फ पहिलो नम्बरमा राखिएको छ।

कांग्रेसले निर्वाचन आयोगमा परिमार्जन गरेर पेस गरेको बन्दसूचीमा महतको नाम पहिलो नम्बरमा राखिएको हो।

त्यस्तै मधेसीतर्फ कांग्रेसले पूर्वउपसभापति विमलेन्द्र निधिको नाम पहिलो नम्बरमा राखेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको नाम खसआर्य महिलातर्फको तेस्रो नम्बरमा राखिएको छ।

दोस्रोमा सरिता प्रसाईंको नाम छ भने गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम छैटौं नम्बरमा छ।

पुरुषतर्फ खसआर्यमा दोस्रोमा वसन्त भट्टराई र तेस्रोमा आनन्दप्रसाद ढुंगानाको नाम राखिएको छ।

त्यस्तै केही दिनअघि मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर कांग्रेस प्रवेश गरेकी नेतृ चन्दा चौधरीको मधेसी महिलातर्फ तेस्रो नम्बरमा नाम छ।

पहिलो नम्बरमा नगिना यादव, दोस्रो नम्बरमा मुक्ताकुमारी यादवको नाम छ भने चौथौं नम्बरमा निनुकुमारी कर्णको नाम छ।

हेर्नुहोस् सूची:

 


Leave a Reply

Your email address will not be published.