विश्वप्रकाश शर्मालाई ७ हजार बढी मतको अग्रता

विश्वप्रकाश शर्मालाई ७ हजार बढी मतको अग्रता

काठमाडौं- झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फराकिलो मतान्तरसहित अग्रता लिएका हुन्।

मंगलबार साँझसम्म गणना भएको ३६ हजार ६६४ मतमध्ये शर्माले ७ हजारभन्दा बढीको मतान्तरसहित अग्रता लिएका हुन्।

शर्माले १८ हजार ३७४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अग्नि खरेलले ११ हजार ३३१ मत पाएका छन्।

शर्माले खरेलभन्दा ७ हजार ४३ मतको अग्रता लिएका हुन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ३ हजार ६५३ मत पाएका छन्।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनबाट चुनाव लडेका माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित हुँदा कांग्रेसका शर्मा पराजित भएका थिए।

 


Leave a Reply

Your email address will not be published.