गच्छदार तेस्रो स्थानमा

गच्छदार तेस्रो स्थानमा

काठमाडौं- सुनसरी ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार तेस्रो स्थानमा छन्।

पछिल्लो मतगणनाको परिणामअनुसार यो क्षेत्रमा नेकपा एमालेकी भगवती चौधरीले अग्रता लिँदा कांग्रेस नेता गच्छदार तेस्रो स्थानमा छन्।
भगवतीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पछ्याइरहेका छन्।

भगवतीले १ हजार ६४६ मत ल्याउँदा मैनालीले १ हजार २६६ मत ल्याएका छन्।

२०७४ सालको निर्वाचनमा गच्छदारले यो क्षेत्रबाट भगवतीलाई झिनो मतान्तरले पराजित गरेका थिए।

पछिल्लो मत परिणामअनुसार सुनसरीको दुईवटा क्षेत्रमा नेकपा एमाले र एक÷एकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।

क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका मुक्साहाङ सुब्बाले १ हजार ८९८ मतसहित अग्रता लिएका छन्।

उनलाई जसपाका अशोककुमार राईले १ हजार ५६८ मत ल्याएर पछ्याइरहेका छन्।

यस्तै क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापाले अग्रता लिएका छन्।

थापाले २ हजार ६५२ मतसहित अग्रता लिँदा उनलाई एमालेका भीम आचार्यले १ हजार ७४४ मत ल्याएर पछ्याइरहेका छन्। यो क्षेत्रमा नेपाली कांग्रेसका सिताराम मेहता १ हजार ३३३ मत ल्याएर तेस्रो स्थानमा छन्।

 


Leave a Reply

Your email address will not be published.