ईश्वर पोखरेल कांग्रेस नेता प्रदीप पौडेलबाट पराजित

ईश्वर पोखरेल कांग्रेस नेता प्रदीप पौडेलबाट पराजित

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

मंगलबार साँझ सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेस नेता पौडेलले १५ हजार २३७ मत ल्याउँदा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले १० हजार १७३ मत प्राप्त गरेका छन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता प्रकाशशरण महतलाई पराजित गरेर पोखरेल यो क्षेत्रबाट निर्वाचित भएका थिए।

संसदीय राजनीतिको लामो अनुभव बोकेका एमाले नेता पोखरेल र पहिलोपटक संसदको चुनाव लडिरहेका कांग्रेस नेता पौडेलबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको थियो।


Leave a Reply

Your email address will not be published.