विश्वप्रकाशको प्रस्ताव : प्रधानमन्त्रीमा गगन

विश्वप्रकाशको प्रस्ताव : प्रधानमन्त्रीमा गगन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई आफूले प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बताएका छन्।

काठमाडौं ४ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महामन्त्री थापालाई बधाइ दिँदै शर्माले यस्तो बताएका हुन्।

झापा क्षेत्र नम्बर १ बाट चुनाव लडेर जितका नजिक रहेका शर्माले सामाजिक सञ्जालमार्फत थापालाई बधाइ दिँदै आफूले संसदीय दलका नेताका लागि समेत प्रस्ताव गर्ने बताएका छन्।

सामाजिक सञ्जालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाको तस्बिर राखेर उनले भनेका छन्,‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ।’


Leave a Reply

Your email address will not be published.