मतान्तर घटाउँदै महन्थ

मतान्तर घटाउँदै महन्थ

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मतान्तर घटाएका छन्।

मतगणनाको सुरू भएयता निरन्तर १ हजारभन्दा बढी रहेको मतान्तरलाई ठाकुरले घटाएका हुन्।

महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका लोसपा अध्यक्ष ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामअधार कापडले पछाडि पारेका छन्।

मतगणनाको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार कापडले ४ हजार ७३३ मत ल्याउँदा ठाकुरको ४ हजार ६७४ मत छ।

त्यस्तै जसपाका हरिनारायण यादवले ३ हजार ९३७ मत ल्याएका छन्।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ठाकुरलाई यसपालि जित निकाल्न सकस परिरहेको छ।


Leave a Reply

Your email address will not be published.