समानुपातिकमा कांग्रेस र एमालेको कट्यो २ लाख मत, कसको कति?

समानुपातिकमा कांग्रेस र एमालेको कट्यो २ लाख मत, कसको कति?

काठमाडौं- प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले २ लाख मत कटाएको छ।

निर्वाचन आयोगले बुधबार बिहान १०ः४५ मा गरेको मतगणनाको अद्यावधिकअनुसार समानुपातिक प्रणालीतर्फ कांग्रेस र एमालेको २ लाख मत नाघेको हो।

समानुपातिकतर्फ एमालेको सबैभन्दा बढी २ लाख ३२ हजार ७५३ र कांग्रेसको २ लाख १० हजार १९२ मत रहेको छ।

पहिलोपटक संसदीय चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म तेस्रो सबैभन्दा बढी मत ल्याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रभन्दा बढी मत पाएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ७ हजार २५६ मत ल्याउँदा माओवादी केन्द्रको ९७ हजार ४३५ मत रहेको छ।

माओवादी केन्द्रपछि बढी मत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको छ। राप्रपाले ५५ हजार ३४८ मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) ले १७ हजार २१५ मत पाएको छ।

त्यस्तै मधेसका जिल्लाहरूमा मात्रै सक्रिय रहेर पहिलोपटक संसदीय चुनावमा भाग लिएको जनमत पार्टीले १६ हजार ९१७ मत प्राप्त गरेको छ।

समानुपातिक प्रणालीतर्फ नेपाल मजदुर किसान पार्टीको १५ हजार ३९४, नेकपा (एकीकृृत समाजवादी) पार्टीको १२ हजार ४९७ र नागरिक उन्मुक्ति पार्टीको ११ हजार ३७ मत रहेको छ।

अन्य राजनीतिक दलहरूको ४८ हजार ३८६ मत रहेको निर्वाचन आयोगले जनाएको छ।

 


Leave a Reply

Your email address will not be published.