जनमतको तेस्रो जित, शम्भु साह प्रदेससभा सदस्यमा निर्वाचित

जनमतको तेस्रो जित, शम्भु साह प्रदेससभा सदस्यमा निर्वाचित

काठमाडौं- मधेस प्रदेसमा जनमत पार्टीले तेस्रो जित निकालेको छ। सप्तरीबाट प्रदेससभा सदस्यमा निर्वाचित भएर जनमतले तेस्रो जित निकालेको हो।

सप्तरी प्रदेससभा निर्वाचन क्षेत्र नम्बर ३(२) बाट शम्भुकुमार साह प्रदेससभा सदस्यमा निर्वाचित भएका हुन्।

जनता समाजवादी पार्टी (जसपा) का विशेश्वरप्रसाद यादवलाई पराजित गरेर साह प्रदेससभा सदस्यमा निर्वाचित भएका हुन्।

यादवलाई ४९ मतले पराजित गरेर उनी प्रदेससभा सदस्यमा निर्वाचित भएका छन्।

यादव निवर्तमान प्रदेससभा सदस्य हुन्। २०७४ सालको निर्वाचनमा उनी तत्कालीन राजपा (हाल लोसपा) बाट प्रदेससभा सदस्यमा निर्वाचित भएका थिए।

दल विभाजनका बेला उनी जसपामा बसेका थिए।

जनमत पार्टीले सप्तरी क्षेत्र नम्बर २ को दुवै प्रदेससभा सदस्यको सिट पनि जितेको छ। त्यो क्षेत्रबाट महेसप्रसाद यादव र सतिशकुमार सिंह प्रदेससभा सदस्यमा निर्वाचित भएका छन्।


Leave a Reply

Your email address will not be published.