योगेश भट्टराई निर्वाचित

योगेश भट्टराई निर्वाचित

काठमाडौं-ताप्लेजुङमा २ सय ८ मतान्तरले प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन्। उनले २१ हजार ९ सय ४२ मत प्राप्त गरे भने बुढा क्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरेका छन्।

उनी ताप्लेजुङबाट दोस्रो पटक विजयी भएका हुन्।


Leave a Reply

Your email address will not be published.