सिके राउतको जित निश्चित

सिके राउतको जित निश्चित

काठमाडौं- सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतको जित निश्चित भएको छ।

गणना गर्न बाँकी रहेको मतभन्दा बढी मतान्तर भएकोले उनको जित निश्चित भएको हो।

गणना जारी रहँदा राउत जसपा अध्यक्ष यादवभन्दा दोब्बर मतले अगाडि छन्।

राउतले ३१ हजार ९६३ मत पाउँदा यादवको मत १५ हजार ५८६ छ। जसपा अध्यक्ष यादव १६ हजार ३७७ मतले पछाडि छन्।

लोसापका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ।

अब गन्न बाँकी मत करिब ६ हजार छ। यो सबै मत प्रतिस्पर्धीले पाए पनि सिकेको जित निश्चित छ।

 


Leave a Reply

Your email address will not be published.