उपेन्द्रलाई १८ हजार बढी मतले पराजित गर्दै सिके राउत निर्वाचित

उपेन्द्रलाई १८ हजार बढी मतले पराजित गर्दै सिके राउत निर्वाचित

काठमाडौं- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

राउतले यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका छन्।

राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत प्राप्त गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए।

२०७४ सालको निर्वाचनमा सप्तरी २ बाट चुनाव जितेका जसपा अध्यक्ष यादव फेरि त्यही क्षेत्रबाट दोहोरिन चाहेका थिए।

तर, पहिलोपटक संसदीय निर्वाचन लडेका राउतले प्रतिनिधिसभासम्म पुग्ने यादवको यात्रालाई चुनावमा पराजित गरेर रोकिदिएका छन्।

 


Leave a Reply

Your email address will not be published.